चन्द्रागिरिका दोस्रो संक्रमित शसस्त्र प्रहरीका जवान
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका दोस्रो संक्रमित शसस्त्र प्रहरी बलको जवान रहेको खुलेको छ ।
चन्द्रागिरि बस्ने ३२ वर्षीय शसस्त्रका जवानलाई बिहीबार बिहान कोरोना संक्रमण पुष्टी भएको थियो ।
यसअघि मच्छेगाउँकी संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
बलम्बुस्थित एपीएफ अस्पतालमा कार्यरत उनी पहिलो संक्रमितसँगै कञ्चनपुरबाट वैशाख २९ मा काठमाडौं आएका थिए ।
‘पश्चिमबाट मेडिकल टिमसँगै संक्रमित जवान काठमाडौं फर्केका थिए’ शसस्त्र प्रहरी बलका एक उच्च अधिकृतले भने–‘३३ बर्षीय महिला पनि एउटै गाडीमा आएको खुलेको छ ।’
संक्रमित फर्केको गाडीमा शसस्त्रका डाक्टर सहित ८ जना सवार थिए । उनीहरुलाई एपीएफ अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।
यो पनि पढौं-


प्रतिकृया दिनुहोस