दाङमा मोटरसाइकल र जिप ठोक्कियो, एकको निधन
दाङ । घोराही उपमहानगरपालिका-१० मा मोटरसाइकल र जिप एकआपसमा ठोक्किदाँ एक जनाको निधन भएको छ।
निधन हुनेमा मोटरसाइकल चालक घोराही-१५ बस्ने ३० वर्षीय सनुत राहुमगर छन् ।
गलौरा चोकमा रा ५ प ३६८८ नम्बरको मोटरसाइकल र ना ३ च ५९४५ नम्बरको जिप एकआपसमा ठक्कर खादाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका राहुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो ।
बिहीबार बिहान भएकाे दुर्घटनामा परी मोटरसाइकलमा सवार हक्कि पुन पनि गम्भीर घाइते भएको बताइएको छ । १३ वर्षीय पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस