• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कालापानी क्षेत्रमा भाडाको घर लिएर शसस्त्रको सुरक्षा पोष्ट स्थापना 

सनराइज खबर संवाददाता

काठमाडौं । दार्चुलाको कालापानी क्षेत्रमा बुधवार शसस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना गरिएको छ । 

गृह मन्त्रालयकाको टोली बुधवार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा बन्दोबस्तीको सामान लिएर दार्चुलाको ब्यास नगरपालिका–१ स्थित छाङरुमा पुगेको थियो । 

छाङरुमा स्थापना गरिएको सीमा सुरक्षा पोष्टको कमाण्ड शसस्त्र प्रहरी बलका इसन्पेक्टर लिली बहादुर चन्दले गरेका छन् । 

इन्सपेक्टर चन्दको कमाण्डमा २५ जनाको नफ्रि त्यहाँ तैनाथ गरिएको शसस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ । 

पूर्वाधार अभावमा स्थानीयको घर भाडामा लिएर शसस्त्रको नफ्रिलाई खाने बस्ने ब्यवस्था मिलाइएको छ । 

०७६ मंसिरमा गृह मन्त्रालयले कालापानी क्षेत्रमा बोर्डर आउट पोष्ट राख्ने निर्णय गरेको थियो । 

१ सय ७ बिओपीलाई बढाएर २ सय २१ बीओपी राख्ने निर्णय गरेसँगै गृह मन्त्रालयले छाङरुमा २५ रोपनी जग्गा लिएर पूर्वाधार निर्माणको तयारी गरिरहेको थियो । 

पछिल्लो समय लिपुलेक र कालापानीको भू–भाग मिचेर भारतले मानसरोवर जोड्ने बाटो खोलेपछी छाङरुमा शसस्त्र प्रहरी खटाइएको हो । 

यो पनि पढौं-

कालापानीमा शसस्त्रको फौज राख्न गृहमन्त्रालयको टोली दार्चुला उड्यो 

प्रतिकृया दिनुहोस