दुवाकोटका संक्रमित शसस्त्र प्रहरी पूर्व गृहमन्त्री रावलको सुरक्षा टिमका सदस्य
भक्तपुर । दुवाकोटका काेराेना संक्रमित पूर्व गृहमन्त्री भीम रावलको सुरक्षा टिमका सदस्य रहेको खुलेको छ ।
बुधवार साँझ कोरोना संक्रमण पुष्टी भएका भक्तपुर दुवाकोटका २७ बर्षीय पुरुष शसस्त्र प्रहरी बलका जवान हुन् ।
शसस्त्र प्रहरीको निलबाराही गण किर्तीपुर दरबन्दी भएका उनी भीम रावलको सुरक्षामा खटिएको शसस्त्र प्रहरीका एक अधिकृतले सनराइज खबरलाई जानकारी दिए ।
पछुवा गाडी टोलीको सदस्य उनी एक महिनादेखि बिदामा थिए । श्रीमती बिरामी भएको कारण देखाउँदै उनले एक महिनाअघि विदा लिएको बताइएको छ ।
संक्रमित प्रहरी जवानको कन्ट्याक्ट ट्रेसिङ कार्य सुरु गरिएको छ ।


प्रतिकृया दिनुहोस