• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

स्वास्थ्य सामाग्री बोकेको कार बर्दिबासमा दुर्घटना

सनराइज खबर संवाददाता


सर्लाही । स्वास्थ्य सामाग्री बोकेर इटहरीबाट नारायणघाट जाँदै गरेको कार  दुर्घटनामा परेको छ ।

बुधबार बिहान प्रदेश ३-०१ -०२२ च ८२३० नम्बरको कार दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । कार दुर्घटनामा मानवीय क्षति भने भएको छैन् ।

कारमा सवार चार जनालाई सामान्य चोटपटक लागेको छ । इटहरी घर भएका कार चालक गणेश नेपाललाई  ईलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ।

कारमा सर्जिकल सामाग्रीहरु मास्क, ग्लभ्स, औषधिहरु रहेको  बताइएकाे छ । 

 

प्रतिकृया दिनुहोस