स्वास्थ्य सामाग्री बोकेको कार बर्दिबासमा दुर्घटना
सर्लाही । स्वास्थ्य सामाग्री बोकेर इटहरीबाट नारायणघाट जाँदै गरेको कार दुर्घटनामा परेको छ ।
बुधबार बिहान प्रदेश ३-०१ -०२२ च ८२३० नम्बरको कार दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । कार दुर्घटनामा मानवीय क्षति भने भएको छैन् ।
कारमा सवार चार जनालाई सामान्य चोटपटक लागेको छ । इटहरी घर भएका कार चालक गणेश नेपाललाई ईलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ।
कारमा सर्जिकल सामाग्रीहरु मास्क, ग्लभ्स, औषधिहरु रहेको बताइएकाे छ ।


प्रतिकृया दिनुहोस