बर्दिबासमा यात्रुबाहक बस पल्टियो, सहचालकको निधन
काठमाडौं । लकडाउन छिचोलेर काठमाडौंबाट यात्रु लिएर उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना भएको छ ।
बर्दिबासको पाटुमा बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा सह–चालक बावुराम विकको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
गाडीमा ३५ जना यात्रु सवार थिए । दुर्घटनामा परेर प्रदीप विक सामान्य घाईते भएका छन् ।
मृतक बावुराम दोलखाको तामाकोशीका हुन् । गाडी अनियन्त्रित भएपछि हाम्फाल्दा उनको निधन भएको बताइएको छ ।
गाडी चालक फरार छन् । बस दुर्घटनापछि अलत्रप परेका यात्रुलाई स्थानीय प्रशासनले अर्को गाडीको व्यवस्थापन गरेर उदयपुरतर्फ पठाएको छ ।
दुर्घटना भएको बस जिल्ला प्रहरीले कार्यालयले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस