• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

कौशलटारमा मोटरसाईकल चिप्लिँदा एक जनाको निधन 

सनराइज खबर संवाददाता

भक्तपुर । कौशलटारमा मोटरसाईकल चिप्लिँदा चालककाे निधन भएकाे छ । निधन हुनेमा मध्यपुरथिमी नगरपालिका–५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ छन् ।

बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा काठमाडौंतर्फ आउँदै गरेको बा.३९प ५७४१ नम्बरको मोटरसाईकल चिप्लिएर दुर्घटना भएको थियो । 

मोटरसाईकल अनियन्त्रित भइ चिप्लिएर सडकको रेलिङमा ठक्कर खाँदा घाइते भएका श्रेष्ठलाई अरनिको राजमार्गमा गस्तिमा रहेका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोलीले तत्काल मध्यपुरथिमी अस्पताल लगेकाे थियाे। 

श्रेष्ठको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । भुलाङखेलका स्थानीय हुन् । 

प्रतिकृया दिनुहोस