उदयपुरका १३ कोरोना संक्रमित मुस्लिम पुस दोस्रो साता विराटनगरमा
काठमाडौं । उदयपुर गाईघाटको भुल्केस्थित मस्जिदमा बसेका १३ जना कोरोना संक्रमित मुस्लिम धर्मगुरुलाई अहिले आइसोलेशनमा राखिएको छ ।
विरागनटर स्थित ‘कोभिड–१९ अस्पताल’को आइसोलेशनमा रहेका उनीहरु करिब चार महिना अघि नै भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ ।
मोरङको स्थानीय प्रशासनले शनिबार ती जमाती बसेको मस्जिद अनुगमन गरेको थियो । अनुगमनका क्रममा मस्जिदको रजिष्टरमा संक्रमित १३ सँगै आएका १६ जनाको समूह डिसेम्बर २८ अर्थात पुस १२ मा नेपाल आएको भेटिएको छ ।
‘संक्रमित मौलानाहरु भारतबाट पुस महिनामा विराटनगर प्रवेश गरेको देखियो’ जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने–‘यहाँबाट उनीहरु विभिन्न मस्जिद घुम्दै उदयपुर गएको देखिन्छ ।’
चार महिनाको अवधिमा उनीहरु भारत नगएको तर, नेपलका विभिन्न जिल्लामा घुमेको भेटिएको छ ।
उनीहरु विराटनगरमा एक महिना बसे । त्यसपछि, सो समूह सुनसरीको दुहवी गएका थिए । त्यहाँबाट फागुन ३ देखि सप्तरीको बोदेबरसाइनमा भएको धार्मिक सम्मेलन इज्तिमामा उनीहरु सहभागी भए ।
जहाँ नेपाल–भारतका दुई लाख मुस्लिमको सहभागिता थियो ।
उदयपुरमा ३५ दिन
सप्तरीको इज्तिमा सम्मेलनपछि उनीहरु उदयपुर गएका हुन् ।
भुल्केको जुन मस्जिदमा कोरोना संक्रमण भएको पुष्टि भयो, सो मस्जिदमा उनीहरु ३५ दिन बसेका थिए । उदयपुरका अरु दुईओटा मस्जिदमा पनि सो समूह बसेको मस्जिद व्यवस्थापकले स्थानीय प्रशासनलाई जानकारी दिएका छन् ।
विराटनगर बस्दा मौलानाहरुले आफैं खाना पकाएर खाने, अरुलाई पनि खुवाउने र प्रवचन दिने गर्थे ।
मस्जिद व्यवस्थापकहरुका अनुसार मौलानाहरु आउने र जाने दिन पहिले नै फिक्स हुने हुनाले उनीहरु बिचमा फेरि भारत गएका छैनन् ।
विराटनगर हुँदै छिरेका १३ जना मौलानामा संक्रमण देखिएपछि स्थानिय प्रशासनले मोरङका सवै मस्जिदमा आवत–जवात बन्द गरेको छ । भेला भएर नमाज नपढ्न र मस्जिद भित्र रहेका मौलानालाई बाहिर नजान निर्देशन दिइएको प्रजिअ भुजेलले बताए ।


प्रतिकृया दिनुहोस