गड्डाचौकीमा खटिएका १४ जना सशस्त्रको नमुना ल्याइयाे काठमाडौं
काठमाडौं । कञ्चनपुरको गड्डाचौकी सीमानाकामा खटिएका १४ जना सशस्त्र प्रहरीको नमुना संकलन गरेर काठमाडौं ल्याइएको छ ।
भारतको उत्तराखण्डबाठ फर्किएका कञ्चनपुरका ४१ वर्षीय कोरोना संक्रमित पुरुषसँग उनीहरुको कन्ट्याक भएको थियो ।
२२ चैतमा ति पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सीमानामा खटिएका सशस्त्रको एउटा टोली क्वारेन्टाइनमा छ ।
‘कञ्चनपुरका १४ जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको छ’ सशस्त्र प्रहरी बल नम्बर–७ बैजनाथ बाहिनी अत्तरियाका प्रमुख (डिआईजी) हरिशंकर बुढाथोकीले भने ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाव परिक्षण भइरहेको छ ।
कैलालीको गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरीको नमुना आज संकलन गरिँदै छ ।
काठमाडौंबाट कैलाली गएको र्यापिड टेष्ट टिमले बुधवार नमुना संकलन गर्ने डिआईजी बुढाथोकी बताए ।
सीमानाकामा खटिएका सशस्त्र प्रहरीको र्यापिड डाइग्नोष्टिक किट र स्वाबको नुमना लिएर परीक्षण गरिने बताइएको छ ।


प्रतिकृया दिनुहोस