• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गड्डाचौकीमा खटिएका १४ जना सशस्त्रको नमुना ल्याइयाे काठमाडौं

सनराइज खबर संवाददाता

काठमाडौं । कञ्चनपुरको गड्डाचौकी सीमानाकामा खटिएका १४ जना सशस्त्र प्रहरीको नमुना संकलन गरेर काठमाडौं ल्याइएको छ । 

भारतको उत्तराखण्डबाठ फर्किएका कञ्चनपुरका ४१ वर्षीय कोरोना संक्रमित पुरुषसँग उनीहरुको कन्ट्याक भएको थियो । 

२२ चैतमा ति पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सीमानामा खटिएका सशस्त्रको एउटा टोली क्वारेन्टाइनमा छ ।  

‘कञ्चनपुरका १४ जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको छ’ सशस्त्र प्रहरी बल नम्बर–७ बैजनाथ बाहिनी अत्तरियाका प्रमुख (डिआईजी) हरिशंकर बुढाथोकीले भने । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको स्वाव परिक्षण भइरहेको छ । 

कैलालीको गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरीको नमुना आज संकलन गरिँदै छ । 

काठमाडौंबाट कैलाली गएको र्‍यापिड टेष्ट टिमले बुधवार नमुना संकलन गर्ने डिआईजी बुढाथोकी बताए । 

सीमानाकामा खटिएका सशस्त्र प्रहरीको र्‍यापिड डाइग्नोष्टिक किट र स्वाबको नुमना लिएर परीक्षण गरिने बताइएको छ । 

प्रतिकृया दिनुहोस