• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सप्तरीमा दुई युवालाई निर्घात कुट्ने सशस्त्र प्रहरी निलम्बित 

सनराइज खबर संवाददाता

काठमाडौं । लकडाउन उल्लंघन गर्दै भारतबाट खाद्य सामग्री तस्करी गरेको अभियोगमा सप्तरीमा दुई युवालाई कुटपिट गर्ने शसस्त्र प्रहरी जवानलाई निलम्बन गरिएको छ । 

शसस्त्र प्रहरी गण नम्बर–६ ले शसस्त्र प्रहरी जवान मनोज चौधरीलाई निलम्बन गरेको सो गणका एसपी उद्धवबहादुर न्यौपानेले सनराइज खबरलाई जानकारी दिए । 

आइतबार सीमापारी भाततीय बजार लौकहाबाट दाल–चामल लिएर आएका बलान बिहुल गाउँपालिकाका हरेकृष्ण शाह र चन्दर यादवलाई शसस्त्र प्रहरी जवानले दशगजामा कुटपिट गरेका थिए । 

बगरमा घोप्टो आसन राखेर निर्घाट कुटेको भिडीयो सामाजिक सञ्जालमा भाइरल भएपछि शसस्त्र प्रहरीको आलोचना भएको थियो ।

कुटपिटमा संलग्न सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदारकट्टीमा कार्यरत जवान चौधरीलाई निलम्बन गरेर विभागीय कारबाहीको प्रक्रिया थालिएको एसपी न्यौपानेले बताए । 

यो पनि पढौं–

सप्तरीमा सशस्त्र प्रहरीबाट दुई युवामाथि निर्घात कुटपिट  

प्रतिकृया दिनुहोस