सप्तरीमा सशस्त्र प्रहरीबाट दुई युवामाथि निर्घात कुटपिट
काठमाडौं । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै सप्तरीको बलान बिहुल गाउँपालिकामा सशस्त्र प्रहरीका एक जवानले दुई युवामाथि निर्घात कुृटपिट गरेका छन् ।
आइतबार सीमापारी भारतीय बजार लौकहा बजारबाट दाल–चामल किनेर फर्कंदै गर्दा स्थानीय हरेकृष्ण शाह र चन्दर यादवलाई सशस्त्र प्रहरी जवानले अमानवीय तवरले कुटेका हुन् । ‘लकडानउनमा सामान किन ल्याएको ?’ भन्दै सशस्त्र प्रहरी जवानले घोप्टो बस्न लगाएर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जजाल प्रयागेकर्ताले ति जवानलाई कारवाही गर्न माग गरेका छन् ।
सप्तरी सदरमुकामबाट गाडीमा दुई घण्टामा पुगिने बलान बिहुलको दशगजा क्षेत्रमा स्थानीयलाई कुट्ने प्रहरीलाई जिल्लामा बोलाइएको सशस्त्र प्रहरी गण नम्बर–६ का एसपी उद्धव बहादुर न्यौपानेले जानकारी दिए ।
‘ति दुई युवाले अटेर गरेर पटक–पटक सीमापारीबाट सामान ल्याएपछि विवाद हुँदा आवेशमा कुटेको देखियो’ एसपी न्यौपानेले सनराइज खबरसँग भने–‘हामी छानविन गर्छौै, विभागीय निती अनुसार कुटपिटमा संलग्न लाई कारवाही हुन्छ ।’
सशस्त्र प्रहरी गण नम्बर–६ बाट इन्सपेक्टरको कमाण्डमा गएको टोलीले कुटाइ खाने युवालाई भेटेको बताइएको छ ।
एसपी न्यौपानेका अनुसार ति युवाले पटक पटक अटेर गरी आफू सीमापार सामान लिन गएको गल्ती स्वीकार समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस