रामेछापको खाँडादेवीमा गाडी दुर्घटना, ३० जना घाइते
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित माझीगाउँमा पिकअप भ्यान दुर्घटना भएको छ ।
‘लकडाउन’ उल्लंघन गर्दै भक्तपुरबाट दोरम्बातर्फ यात्रु लिएर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको पिकअप भ्यानकाे मंगलबार विहान दुर्घटना भएको हो ।
दुर्घटनामा परेर दोरम्बा जाँदै गरेका ३० जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
घाइते हुनेमा अधिकांश मजदुरी गर्नेहरु र तिनका बालवालिका छन् । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
पिकअप भ्यानमा क्षमता भन्दा बढी यात्रु बोक्ने चालक १८ वर्षीय बुद्ध मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिकअप भ्यानमा रामेछापबाट आएर भक्तपुरमा ज्याला मजदुरी गर्दै आएकाहरु सवार थिए । सो पिकअप भ्यान सडकबाट १ सय मिटर तल खसेको छ ।


प्रतिकृया दिनुहोस