• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काभ्रेको ५२ किलोमा दुर्घटना, एकजनाको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । काभ्रेपलाञ्चोकको ५२ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । 

दुर्घटनामा दोलखा भिमेश्वर– ५ घर भएकी ६२ वर्षीय बालकुमारी आचार्यको निधन भएको छ । 

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले सनराइज खबरलाई जानकारी दिए । 

काठमाडौंबाट दोलाखा तर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च २१४० नम्बरको स्कोरपीयो र दोलालघाटबाट काठमाडौं आउँदै गरेको बा.२च ७७८७ नम्बरको बोलेराे आपसमा ठक्कर खाँदा बोलेराे सड्कबाट १५ मिटर तल खसेको छ । 

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । 
 

घाइतेको नामावली–
–सुस्मिता सुवेदी, भक्तपुर (गम्भीर) 
–बिपीन कार्की, दोलखा ( गम्भीर) 
–रोसन भण्डारी, दोलखा ( गम्भीर)
–सञ्जय श्रेष्ठ, दोलखा (चालक, बाँया हात भाँचिएका, मुखमा चोट) 
–बिनय कार्की, दोलखा (सामान्य) 
–मनिष श्रेष्ठ, दोलखा सैलुन (सामान्य)
–भोजराज आचार्य, दोलखा (सामान्य) 
–कृनिष आचार्य, भक्तपुर खरिपाटी (मध्यम)
–जगदिश कार्की, दोलखा (सामान्य) 
–बिनोद कार्कि, दोलखा (सामान्य)
–सुजन श्रेष्ठ, दोलखा (मध्यम) 
–कविता कार्कि, ठेगना नखुलेको (दोलखा) 

प्रतिकृया दिनुहोस