• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्यूठानमा एसईई दिन आएकी १८ वर्षीया किशोरीको निधन

समाचार

प्यूठान । एसईई दिन आएकी एक किशोरीको प्यूठानमा  बसबाट खस्दा मृत्यु भएको छ ।

४ चैत्रमा बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना ३ ख ३८८३ नम्बरको बसमा चढ्ने क्रममा दुर्घटना भएकाे थियाे । उक्त दुर्घटनामा परेर वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारी घाइते भएकी थिइन् ।

उनकाे उपचारकाे क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

सीमालाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा लगिएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पुनःकाठमाडाैंकाे ब्लुक्रस हस्पिटलमा उपचारका ल्याइएकाे  प्रहरी निरीक्षक ढकालले बताए। सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

- रासस

 

प्रतिकृया दिनुहोस