• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

समाचार


चन्द्रपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक यही असार महिनाभित्र आउने बताउनुभएको छ । 

 शुक्रवार  गरुडा नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै मन्त्री गुप्ताले सङ्घीय निजामती विधेयक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रियसभामा जाने मन्त्री बताउनुभयो । उहाँले अब स्थानीय सरकार आफैँ सक्षम हुँदै गइरहेकाले अझ अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

गरुडा नगरपालिकाका प्रमुख कन्थमनीप्रसाद जयसवालको अध्यक्षतामा  सम्पन्न नगरसभामा उपप्रमुख पुनम चौधरीले आगामी आर्थिक वर्ष  २०८२/८३ को संशोधित बजेट, कार्यक्रम तथा योजनाको विवरण प्रस्तुत गर्नुभएको थियो । नगरसभाले रु ६९ करोड २६ लाख १७ हजार ३६७ आयव्ययसहितको बजेट प्रस्तुत गरेको छ । 
-रासस

प्रतिकृया दिनुहोस