• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भारतीय छात्रावासमा लगातार विद्यार्थीको ज्यान जानु चिन्ताजनक : देवेन्द्र पौडेल 

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले भारतको छात्रावासमा लगातार नेपाली विद्यार्थीका ज्यान गएको घटना प्रति चिन्ता व्यक्त गर्नुभएको छ । 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै एउटै कलेजको छात्रबासमा एउटी छात्राले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै अर्की छात्राले ज्यान गुमाएको भन्दै पौडेलले दुःख व्यक्त गर्नुभयो । ‘झण्डै १२ सय विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा भएका यस्ता घटन संयोग मात्रै हो कि, पछाडि कुनै कारण पनि लुकेको छ ?’, उहाँले भन्नुभयो । 

त्यहाँ भएका घटनाको अनुसन्धान भइरहेको छ मात्र भनेर नहुने बताउँदै उहाँले शिक्षा मन्त्रालय डेस्क स्थापना गरी सत्य खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वभरि अध्ययन गरी रहेका नेपाली विद्यार्थीको सुरक्षाको विषमा चासो दिनु पर्ने उहाँको धारणा छ । 

 

 

प्रतिकृया दिनुहोस