सरकारको नीति तथा कार्यक्रम माथिको छलफल बैशाख २२ गतेबाट
काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बैशाख २२ गतेदेखि छलफल हुने भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बैशाख २२, २३, २४, २५ र २६ नीति तथा कार्यक्रम माथि छलफल हुने जानकारी दिनुभयो ।
बैशाख २८ गते सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ । छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने सभामुख घिमिरेले जानकारी दिनुभयो ।
छलफलमा भाग लिने सांसदहरूको नाम सम्बन्धित दलले बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै उपलब्ध गराउनु पर्ने भएको छ ।
नीति तथा कार्यक्रममाथि दुई दिन संशोधन पेस गर्ने समय तोकिएको छ । घिमिरेले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिनको ३ बजेभित्र कार्य व्यवस्था शाखामा संशोधनको प्रस्ताव दिन सकिने समय तोकिएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।


प्रतिकृया दिनुहोस