• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सरकारको नीति तथा कार्यक्रम : सहमतिका आधारमा संविधान संशोधन, प्रतिगमनकारीको प्रतिवाद  

सनराइज खबर संवाददाता

काठमाडौ ।  सरकारले संविधान संशोधनको कामलाई सहमतिको आधारमा अघि बढाउने भएको छ । 

आइतबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गर्नुभएको सरकारको नीति तथा कार्यक्रम सबै दलहरूसँगको सहमतिका आधारमा संविधान संशोधन गरिने कुरा उल्लेख छ । ‘संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ’, राष्ट्रपतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।   

राष्ट्रपतिले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुनर्उत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने उल्लेख छ । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने र यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुनर्उत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने’, राष्ट्रपतिले वाचन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

प्रतिकृया दिनुहोस