• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शिक्षकको समस्या समाधान गर्न सरकार गैरजिम्मेवार बन्यो : हितराज पाण्डे 

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभामा प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले जरुरी सार्वजनिक महत्वको विषयलाई सरकारले कार्यसूचीमा नराखेको भन्दै विरोध जनाउनुभएको छ । 

प्रतिपक्षी दलको तर्फबाट पेस गरिएको सार्वजनिक महत्वको प्रस्तावलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे पनि नराखिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै उहाँले सरकार जनताप्रति र सदनप्रति जिम्मेवार नभएको बताउनुभयो । 

शिक्षकहरू लामो समयदेखि सडकमा हुँदा पनि अत्यन्त सार्वजनिक महत्वको विषयलाई छलफलमा नराख्नु गैरजिम्मेवारीपन भएको उहाँले बताउनुभयो । ‘शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौँ, तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौँ, सरकार जनताप्रति र सदनप्रति कति गैरजिम्मेवार छ’, उहाँले भन्नुभयो । 

उहाँले चिकित्सकहरूको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको बाउँदै त्यस विषयमा पनि सरकारले सदनमा आएर जानकारी गराउनु पर्ने बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस