• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शिक्षकका न्यायोचित मागहरू तत्काल सम्बोधन होस् : सुमना श्रेष्ठ 

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले शिक्षक आन्दोलनका कारण  बच्चाहरूको पढ्न पाउने अधिकार गुमी रहेको बताउनुभयो ।  शिक्षकहरूलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो उपाय खोज्नु पर्ने उहाँको धारणा छ । 

उहाँले शिक्षकका आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपको पनि निन्दा गर्नुभयो । ‘हिजो प्रहरीबाट शिक्षकहरूमाथि जुन दमन भयो त्यसले गर्दा दर्जनौँ शिक्षकहरू अस्पतालमा छन्, उहाँहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्‍यो’, उहाँले भन्नुभयो । 

शिक्षाको बजेट कति छ त्यो सरकारले प्रष्ट पार्नुपर्ने पनि उहाँको माग छ ।  उहाँले शिक्षकहरूले शिक्षा ऐनमा राखिएको कुरा र राजनीतिक दलहरूले राजनीतिक दल सम्बन्धी ऐनले भनेको कुरा पालना गर्नुपर्ने धारणा राख्नु भयो । ‘राजनीतिक दल सम्बन्धी ऐनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता दिनु हुँदैन भनेर भनेको छ’, उहाँले भन्नुभयो । 

 

प्रतिकृया दिनुहोस