आज राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दै छ ।
आइतबार संसद् भवनमा १ः१५ बजे बैठक बस्दै छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको छ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस