• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शिक्षकका माग तत्काल सम्बोधन गरियोस् : वर्षमान पुन

सनराइज खबर संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले तीन सातादेखि आन्दोलनमा रहेका शिक्षकका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । ‘सडक आन्दोलित छ, शिक्षकहरू तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा छन्, भूमिहीन मिटरब्याजी पीडित, आवासीय चिकित्सक सबै  आफ्ना आवाज सडकमा उठाइरहेका छन्’, उहाँले भन्नुभयो । 

मुलुकमा लोडसेडिङ युगको अन्त्य गर्न भूमिका खेलेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गरिएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।  सरकार मुलुकको अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, जनताका माग सम्बोधन गर्न तर्फ नलागेको उहाँको धारणा छ । 

 

प्रतिकृया दिनुहोस