• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध 

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलले बुधबार राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् । 

बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने विपक्षीको अडान थियो । 

बैठकमा राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले कुलमानलाई हटाउने सरकारको निर्णय गलत र नेपाल विद्युत् प्राधिकरणलाई डुबाउने नियतको भएको बताउनुभयो । आजै विपक्षी दलले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेका थिए । 

 

प्रतिकृया दिनुहोस