प्रधानमन्त्री आज विराटनगर जाँदै, प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ ।
आज कोसी प्रदेश सभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसअघि उहाँले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागिता जनाउनु हुने छ । विश्वविद्यालयका कुलपति ओलीले आज विद्यार्थीलाई दीक्षित गर्दै हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस