लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निम्तो
लुम्बिनी । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।
आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि शुक्रबार प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गर्नुभएको हो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको छ ।
प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेश सभाको बैठकलाई बिशेष सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
- रासस


प्रतिकृया दिनुहोस