आजबाट वाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन
हेटौँडा । वाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।
आज ११ बजे प्रदेश सभाको १५औँ अधिवेशनअन्तर्गत पहिलो बैठक बोलाइएको छ ।
प्रदेश सभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो । यस अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो । लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
आजको बैठकमा प्रदेश प्रमुखले पठाएको अधिवेशनको शुभकामना पत्र पढेर सुनाउने, दलका नेताहरूले अधिवेशनबारे शुभकामना दिने कार्यसूची तय भएको छ ।


प्रतिकृया दिनुहोस