कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस
काठमाडाैं । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरु हुने भएकाे छ ।
आइतबार बसेकाे काेशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
बैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन तथा प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेकाे काेशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयाे ।


प्रतिकृया दिनुहोस