आजबाट मधेस प्रदेश सभा अधिवेशन
काठमाडौं । आजबाट मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु हुने भएको छ ।
बैठक दिउँसो एक बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो ।
आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुमा विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूची छ ।
लामो समयसम्म प्रदेश सभा बैठक नबसेपछि जनता समाजवादी पार्टी नेपाललगायत पार्टीहरूले प्रदेश सरकार असफल भएको भन्दै विरोध जनाउँदै आएका थिए ।


प्रतिकृया दिनुहोस