अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवकाे नाम सुनुवाइ समितिबाट अनुमाेदन
काठमाडौं । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिले अनुमाेदन गरेकाे छ ।
बुधबार बसेकाे संसदीय सुनुवाइ समितिकाे बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा प्रस्तावित यादवकाे नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हाे ।
समितिकाे आजकाे बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै यादवले राष्ट्र हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएकाे थियाे । राजदूत यादव विरुद्ध सुनुवाइ समितिमा एउटा उजुरी परेकाे थियाे ।
भदाै २४ गते बसेकाे मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूतमा सिफारिस गरेकाे थियाे । सुनुवाइ समितिबाट नाम अनुमाेदन भएसँगै यादवलाई अब राष्ट्रपति रामचन्द्र पाैडेलले राजदूतमा नियुक्त गर्नुहुनेछ ।


प्रतिकृया दिनुहोस