• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

खबर स‌ंवाददाता

काठमाडाैं । सर्वाेच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय समितिबाट अनुमोदन भएकाे छ ।

बुधबार बसेकाे संसदीय सुनुवाइ समितिकाे बैठकले राउतकाे सुनुवाइपछि उहाँकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेकाे हो । सुनुवाइका क्रममा राउतले समितिमा २४ बुँदे कार्ययोजना पेस गर्नुभएकाे थियाे ।

राउत विरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेका थिए । ती उजुरीबारे आजकाे बैठकमा स्पष्टिकरण दिँदै उहाँले न्यायालय सुधार लगायत कार्ययाेजना पेस गर्नुभएकाे थियाे ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि अब राष्ट्रपति रामचन्द्र पाैडेलले उहाँलाई नियुक्त गर्नुहुनेछ ।

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ । त्यसकारण परिषद्ले राउतलाई नयाँ प्रधानन्यायाधीशमा सिफारिस गरेकाे हाे ।

प्रतिकृया दिनुहोस