• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

प्रस्तावित प्रधानन्यायाधीश राउतद्वारा २४ बुँदे कार्ययोजना पेस

खबर स‌ंवाददाता

काठमाडौं । सर्वाेच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको संसदीय सुनुवाइ सुरू भएको छ ।

संसदीय सुनुवाइ समितिकाे जारी बैठकमा राउतकाे संसदीय सुनुवाइ सुरू भएको हो । सुनुवाइका क्रममा उहाँले समितिसमक्ष न्यायालय सुधारका योजनासहित २४ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएकाे छ ।

समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । त्यसबारे पनि उहाँले स्पष्टिकरण दिँदै हुनुहुन्छ ।

संवैधानिक परिषद्काे गत भदौ ३१ गते बसेकाे बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस