• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी, सुनुवाइ बुधबार

खबर स‌ंवाददाता

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत विरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ ।

राउत विरुद्धकाे उजुरीका लागि समितिले ताेकेकाे समयसीमामा उहाँ विरुद्ध ६ वटा उजुरी परेकाे हाे । संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेपछि सुनुवाइ समितिकाे असाेज ३ गते बसेकाे बैठकले उहाँविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ । त्यसअघि भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गरिने समितिले जनाएको छ ।

भदौ ३१ गते बसेको संवैधानिक परिषद्काे बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी परेको पनि समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस