• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काेशीका मुख्यमन्त्री कार्कीले आज विश्वासकाे मत लिँदै

खबर स‌ंवाददाता

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज बस्ने काेशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले उहाँले विश्वासको मत लिन लाग्नुभएकाे हाे । साउन ११ गते सरकारबाट बाहिरिएकाे माओवादीले भदाै १४ गते सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियाे ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै काेशीमा पनि कांग्रेस-एमालेको सरकार बनेको छ । 

प्रतिकृया दिनुहोस