संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । बिहीबार संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिका बैठक बस्दै छन् ।
संघीय संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छन् ।
संसदीय सुनुवाइ समितिको बिहान ११ बजे बोलाइएको छ । बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बोलाइएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ । बैठकमा मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आजै बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।


प्रतिकृया दिनुहोस