कानुनले नै तोकिएको बाहेकका पदमा महिलालाई पुग्न गाह्रो : आरजु राणा देउवा
काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले देशमा अझै पनि समावेशिताको व्यवहारिक प्रयोग हुन नसकेको बताउनुभएको छ ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै देउवाले कानुनले नै तोकिएको बाहेक व्यवहारिक रूपमा महिलाको सहभागिता हुन नसकेको बताउनुभयो । ‘यति हुनै पर्छ भनेर नतोकिँदासम्म पदमा पुग्न महिलालाई गाह्रो छ’, उहाँले भन्नुभयो ।
देउवाले महिलालाई अधिकार दिलाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । ‘जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो भएको छैन, मन्त्री, सांसद र समिति भनेका एक अर्काका परिपूरक हुन्, सांसद र संसदीय समितिहरू बढी जिम्मेवार हुनुपर्छ’, उहाँले भन्नुभयो ।
राजदूत नियुक्त गर्दा कूटनीतिमा ज्ञान भएकाहरूको सूची बनाउनुपर्ने बताउँदै उहाँले कहिलेकाहीँ संविधानका धारामा पाएको अधिकार पनि नपाइने गरेको बताउनुभयो । तथापि यस पटक राजदूतमा महिलाले राम्रै स्थान पाएको उहाँले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस