चेक अनादरमा बिगो मात्र होइन, पीडितलाई ब्याज पनि दिलाउनु पर्छ : पदम गिरी
काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले चेक अनादरमा बिगो मात्रै भराउने कानुन न्यायसङ्गत नहुने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा भएको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै गिरीले चेक काट्नेलाई जरिवाना गराएर चेक लिनेलाई १० प्रतिशत ब्याज दिलाउने कानुन बनाउनु पर्ने बताउनुभयो । ‘यो काम गर्न सकिएन भने चेक धारकलाई अन्याय हुन जान्छ’, गिरीले भन्नुभयो ।
चेक अनादरमा जेलमा नै राख्ने व्यवस्था भने हटाउन उहाँले सुझाव दिनुभयो । पीडकलाई बिगो र ब्याज भराएर मात्र छाड्न नसकिने भए पनि जेलमा नै राख्नु भन्दा त्यसको विकल्प खोज्नु पर्ने उहाँको राय छ ।


प्रतिकृया दिनुहोस