कानुन बनाउने मात्र होइन, कार्यान्वयन पनि हुनुपर्छ : वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थ मन्त्री वर्षमान पुनले बनेका कानुको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतकाे अर्थ समितिको बैङ्किक कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै उहाँले कानुन बनाउँदा कार्यान्वयन योग्य बनाउनु पर्ने बताउनुभयो । ‘कानुन एकदम कडा छ तर त्यसको परिपालना एकदमै घटेर गएको छ’, उहाँले भन्नुभयो ।
राष्ट्र बैङ्कका गभर्नर र टिम सरकारले नै विश्वास गरेको टिम भएको हुँदा सरकारको परामर्श भन्दा बाहिर नगई राष्ट्र बैङ्क आफैँले बैङ्किङ कसुर सजाय सम्बन्धी कार्यविधि बनाउनु पर्ने बताउनुभयो । ‘चेकसँग सम्बन्धित कानुनको बारे सरकारले पनि थाहा पाउनुपर्छ, समन्वय गर्नुपर्छ तर राष्ट्र बैङ्कले कार्यविधि आफै बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।


प्रतिकृया दिनुहोस