• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज संघीय संसद्का चारवटा संसदीय समितिका बैठक बस्दै 

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिका बैठक बस्दै छ । 

संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा दफावार छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुँदै छ ।  

विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ । । सो बैठक दिउँसो एक बजे बस्नेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा मा समितिको पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

 

प्रतिकृया दिनुहोस