संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।
संघीय संसद् सचिवालयका अनुसार आज कानुन, महिला र पूर्वाधार समिति, महिला समिति, पूर्वाधार समिति र कृषि समितिको बैठक आज बस्दै छन् ।
कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विषय विज्ञहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने महिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
पूर्वाधार समितिको बैठक पनि बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने कार्यसूची छ ।
बिहान ११ः३० मा बस्ने कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईए र आईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।


प्रतिकृया दिनुहोस