• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेकपाबाट अलग्गिए सभामुख सापकाेटा

सनराइज खबर संवाददाता

काठमाडौं । सोमबार सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्‍निप्रसाद सापकोटाले दलको सदस्यबाट अलग हुने घोषणा गरेका छन् ।

उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न दलबाट अलग रहेको विज्ञप्ति मार्फत् घोषणा गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका सापकोटा आइतबार सभामुखमा निर्विरोध चुनिएका थिए ।

सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै सभामुखको पदभार सम्हालेसँगै उनले दलबाट अलग हुने घोषणा गरे ।

‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट आजैको मितिदेखि मेरो संलग्‍नता नरहेको व्यहोरा अनुरोध गर्दछु’ –सभामुखद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ– ‘ नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँछु ।’ 

प्रतिकृया दिनुहोस