• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

विधेयकहरुलाई समितिबाट चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिनुभएकाे छ । 

बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पु¥याउ भन्ने निर्देशन दिएको छ ।’

यस्तै, उहाँले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताउनुभयाे । 

छलफलमा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्न गारो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उहाँको भनाई छ । 
 

प्रतिकृया दिनुहोस