सुनुवाई स्थगित भएपछि सापकोटालाई सभामुख बन्ने बाटो खुला
काठमाडौं। अग्नि सापकोटाविरुद्धको रिटमाथि आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएकाे छ । याे सँगै उनलाई सभामुख हुने बाटो खुलेको छ।
सभामुख चयनका लागि आज ३ बजे संसद्को बैठक बस्दैछ। सो बैठकमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा हुने छ। त्यो भन्दा अगाडि रिट निवेदनमा सुनुवाई हुँदा उनलाई सभामुख हुने बाटोमा तगारो आउन सक्थ्यो।
रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो। सापकोटा विरुद्धको सोही मुद्दामा फुयालले कानुन व्यवसायीको हैसियतमा बहस गरेको थिए।
सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा रहेको थियो। सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार रिट दायर गरेका थिए ।
आफैंले बहस गरेकाे मुद्दा भएकाले हेर्न नमिल्ने भन्दै यसकाे सुनुवाई स्थगित भएकाे हाे ।
सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधीन रहेकाले सभामुख नियुक्त नगर्न अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ।
रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।


प्रतिकृया दिनुहोस