संघीय संसद्का तीनवटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छन् ।
आज महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छन् । बैठक बिहान ११ बजे समितिका सभाकक्षमा बस्ने छन् ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समिति बैठकमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ ।
त्यस्तै ११ बजे नै बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।
बिहान ११ः३० बजेको लागि बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने बताइएको छ ।


प्रतिकृया दिनुहोस