• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने 

खबर स‌ंवाददाता

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । 

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

सभामुखका लागि सत्तारुढ नेकपाले उम्मेदवारी दिएको र उ सँग स्पष्ट बहुमत रहेकाले उम्मेदवारी नदिने निर्णय गरिएको सचेतक पुष्पा भुसालले सनराइज खबरलाई बताइन् । ‘सभामुख आफैमा तटस्थ रहनुपर्ने पद हाे,  त्यसैले उम्मेदवारी नदिने निर्णय गरेका हाैं' – उनले भनिन् ।

नेकपाले अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाएको छ । 

उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ । सभामुख चुनाव १२ माघमा हुदै छ ।

प्रतिकृया दिनुहोस