काेशी प्रदेशकाे बजेट ३५ अर्ब २७ कराेड
काठमाडाैं । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरेकाे छ ।
शनिबार विराटनगरमा बसेकाे प्रदेश सभा बैठकमा काेशी सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ कराेड रुपैयाँकाे बजेट सार्वजनिक गर्नुभएकाे हाे ।
जसमा चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख, पुँजीगततर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेड रुपैयाँ विनियाेजन भएकाे छ । बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।
बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएकाे छ । केही नयाँ कार्यक्रम पनि समेटिएकाे छ ।
प्रदेश सभाकाे आजै बसेकाे दाेस्राे बैठकमा बजेट टेबुल भएकाे छ ।


प्रतिकृया दिनुहोस