पारित भयाे कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम
काठमाडाैं । कोशी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
बिहीबार विराटनगरमा बसेकाे प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएकाे हाे ।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्नुभएकाे कोशी प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम पारित गरियाेस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख अम्बरबहादुर विष्टले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
जेठ २१ गते बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारकाे तर्फबाट नीति तथा कार्यम पेस गर्नुभएकाे थियाे ।
स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण, प्रदेशको भौतिक पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएकाे छ ।


प्रतिकृया दिनुहोस