• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सभामुख चयन प्रक्रिया आजबाट

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया सोमबारबाट सुरु हुदैछ । 

दिउसो बस्ने बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । बैठकमा नयाँ सभामुख निर्वाचनको कार्यतालिका आउने बताइएको छ । तर, अहिलेसम्म निर्वाचन प्रक्रियाका लागि सचिवालयले सम्भावित कार्यसूची बनाएको छैन् । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

गत १२ असोजमा संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । त्यसपछि सभामुख पद रिक्त छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले स‌ंघीय संसद्काे हिउँले अधिवेशन अ‌ारम्भ गरेकी थिइन् ।

नेकपाले सभामुखकाे उम्मेदवार छान्ने छलफल थालेपछि उनले आफू सभामुखका लागि योग्य रहेको दाबी गरेकी  थिइन् । तर, सभामुख र उपसभामुख एउटै पार्टीबाट बन्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले शिवमायालाई राजीनामा दिन निर्देशन दिएकाे थियो ।

तर, शिवमायाले प्रतिनिधि सभालाई नेतृत्वविहीन बनाउन नहुँने भन्दै पार्टीले सभामुखको उम्मेदवार टुंगो लगाउनासाथ राजीनामा दिने बताएकी थिइन् ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएपछि शिवमायाले सोमबार नै राजीनामा दिने तयारी छ ।


 

प्रतिकृया दिनुहोस