सार्वजनिक भयाे काेशी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम
काठमाडाैं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
मंगलबार विराटनगरमा बसेकाे काेशी प्रदेश सभा बैठकमा सरकारकाे तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।
स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण, प्रदेशको भौतिक पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएकाे छ ।
नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना गरिने उल्लेख छ ।


प्रतिकृया दिनुहोस